झरी परेको दिन

१. घरभित्र…
बाछिटाहरु,
झ्यालहुँदै आउँछन्।
भिजाउने कोसिस गर्छन्।
बन्द सिसामा ती कोसिसहरु
निरीह देखिन्छन्।

२. घरबाहिर…
बाछिटाहरु,
खुलम-खुल्ला आउँछन्।
निसन्देह, भिजाउँछन्।
बिना कोसिस प्रत्येक थोपाहरु
सबल देखिन्छन्।

कथित वर्षा जारी छ।

Leave a comment

Blog at WordPress.com.