गजल

फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।

समयको गतिसँगै मन एकोहोरो भएपछी,
तारा गन्दै रातमा शुन्यसँग बोल्छु अचेल ।

भित्री पीडा जिन्दगीको काव्यपान काँहा हो र
तैपनी व्यथा सबै गजलभित्र खोल्छु अचेल ।

पलपल श्वास फेर्न चुरोटनै चाहिएपछी,
गर्वसाथ आफुलाई रु पाँच मोल्छु अचेल ।

फोक्कडको जिन्दगी चुरोटले पोल्छु अचेल ।
धुँवाको नशामा तिम्रो याद घोल्छु अचेल ।

3 responses to “गजल”

  1. रिमालयन Avatar
    रिमालयन

    गजल राम्रो लाग्यो । अझै नयाँ रचनाहरुको आओस ।

    Like

  2. muna baskota Avatar
    muna baskota

    ramro chha pracas!
    keep on writing_you are really good in it.

    Like

  3. bikash humagain Avatar
    bikash humagain

    गजल राम्रो लाग्यो pragati ko kamana la

    Like

Leave a comment

Blog at WordPress.com.