हाइकूहरु

१.
प्रेम दिवस ।
किन अटाउँदैनन् ।
लखन थापा ।
२.
बम बिस्फोट ।
सरकार मौन छ ।
म जिउँदै छु ।
३.
भिजेको आँखा ।
आमाको अनुहार ।
छोरो निठ्ठुरी ।
४.
शब्द गुजुल्टो ।
उकुसमुकुस उ ।
सायद कवी ।
५.
लोकतन्त्र रे ।
चमेरो मयुर् बन्यो ।
घर नछोड्नु ।
६.
बैशालु शहर् ।
एड्सले पीडित छन् ।
डाक्टरहरु ।
७.
चाँदनी रात ।
सर्किट घोक्दै होला ।
इन्जिनियर ।
८.
मेरो नेपाल ।
मनग्य जलस्रोत ।
लोडसेडिङ ।

5 responses to “हाइकूहरु”

  1. आकार Avatar
    आकार

    मैले माने यी हाइकुहरुलाई ! अत्यन्त सटिक तर अत्यन्त जटिल विषयहरु छन् । व्यङ्ग्य जमेको छ है !
    🙂

    Like

  2. AsoC Avatar
    AsoC

    dhanyabad aakar jee .. 🙂

    Like

  3. R.B.Budhathoki Avatar
    R.B.Budhathoki

    lovely

    Like

  4. AsoC Avatar
    AsoC

    🙂

    Like

  5. Sarita(saru) Avatar
    Sarita(saru)

    JHAKAS! TAPAI KO MIND LAI MANNAI PARCHHA. KASTO LEKHNA JANEKO HO.

    Like

Leave a comment

Blog at WordPress.com.