साईकोलोजिकल फ्याक्ट

एउटी केटी,
बोलचाल त छैन !
तर के ढाँट्नु…
झुक्केर होला,
हेराहेर चाँही हुन्थ्यो !!!

अँ साँच्ची…
सपनामा आज,
त्यसलाई देखेछु ।
के चहियो त ? प्रश्न उठ्यो ।
र खिस्स हाँसे,
एउटा निराश हाँशो

लौन के भयो….?
अनालाईसिस जारी छ ।
हात लाग्यो,
भयंकर मनोबिश्लेषकको,
उत्कृष्ट नन-फिक्सन बुक
सपना, अर्थ र रहस्य
भेटेँ एक लाईन…
“तेरो सपनाको प्रोट्यागोनिस्ट,
तेरो ईच्छाले मात्रै जन्मन्न ।
सजिलो कहाँ छ र !
मारेर सिङगो रात,
फ्वाँसफ्वास निदाएको नाटक गर्दैमा
सपनामा कसैलाई देखिन्न,
त्यसको लागि त,
बिपनामा त्यसले सम्झनुपर्छ ।
तँलाई एकपल सोच्नुपर्छ ।”

लौ त…
निस्सार साथको भोको म,
के चहियो त ?
फेरी प्रश्न उठ्यो
र एक्लै खिस्स हाँसे ।
तर यसपाली चाँही,
आशलाग्दो हाँसो ।

One response to “साईकोलोजिकल फ्याक्ट”

  1. mohan chaulagain Avatar
    mohan chaulagain

    sarai man paryo brother ramro chha…..

    Like

Leave a comment

Blog at WordPress.com.